नेकपाका नेताले संसदमा भने– पाठक माथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस् | Khabarhub Khabarhub

नेकपाका नेताले संसदमा भने– पाठक माथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद विडारीले पाठकमाथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस् भन्दै अदालतसम्म यो मुद्दा पुग्नु पर्ने बताएका हुन् ।

‘पाठक भ्रष्टाचारमा डुबेर पदमुक्त भएका छन् । अब हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो अनुसन्धान फुस्सा हुन नजाओस्’ बैठकमा सांसद विडारीले भने,‘ भ्रष्टाचार निवारण ऐन, संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार अदालतसम्म यो मुद्दा पुगोस् ।’

यो विषय अदालतलाई पनि जनताले परीक्षण गर्ने मुद्दा भएको सांसद विडारीको भनाइ थियो ।

चाँगुनारायणको नेशनल इन्जिनियरिङ कलेज प्रकरणमा घुस लिएको भिडियोहरु सार्वजनिक भएपछि अख्तियारका आयुक्त पाठले राजीनामा दिएका थिए । पाठकले त्यसबाट बच्न राजीनामा दिएको भन्दै उनीमाथि अनुसन्धानको माग भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  २ : १८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले