यस्तो छ ह्योल्मो भाषाको फिल्म ‘मेतोक’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ ह्योल्मो भाषाको फिल्म ‘मेतोक’ को ट्रेलर (भिडियो)


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ह्योल्मो जातिको भाषा र कथामा आधारित रही निर्माण गरिएको यो फिल्मको ट्रेलर दर्शकलाई आकर्षित पार्ने खालको छ । अल्पसंख्यामा रहेको ह्योल्मो भाषामा यो फिल्म निर्माण भएको हो ।

ठिलेन लामाले निर्देशन गरेको यो फिल्म यतिबेला सम्पादनका क्रममा छ ।

‘ह्योल्मो समुदाय सानो छ, त्यसमा पनि ह्योल्मो भाषा बोल्ने र बुज्नेको संख्या त झन् नै सानो छ, त्यसैले पनि हाम्रो भाषा र संस्कृति आउने पुस्ता सम्म रहनु पर्छ र लोप हुनु हुँदैन,’ निर्देशकले भने ।

फिल्मलाई सर्किनी ज्याबा ह्योल्मोले निर्माण गरेकी हुन् । उनले यो फिल्म कमाउने हिसाबले भन्दा पनि संस्कृति जोगाउन टेवा पुगोस् भनेर निर्माण गरेको बताइन् ।

चलचित्रमा निर्देशक लामाको कथा र आगत के.सीको पठकथा तथा संवाद छ । ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मो, पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको चलचित्रको ह्योल्मो भाषा अनुवाद डल्ले ह्योल्मोले गरेका छन् ।

यस्तै चलचित्रमा रामकुमार के.सी.को छायांकन छ । फिल्म सिन्धुपाल्चोकको हेलम्बु मुस्ताङ तथा काठमांडौमा छायाकन गरिएको निर्माण टिमले जानकारी दियो । यो फिल्म नेपाल तथा विदेशका विभिन्न स्थानमा रहेका नेपालीमाझ छायांकन हुनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : ४० बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री