प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ « Khabarhub

प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नौ वर्षअघि सर्लाहीका प्रहरी नायब निरीक्षक लवजंग चौहानमाथि गोली प्रहार गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गत २०६७ साल मंसिर १७ गते बेलुकी तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ताको हतियारधारी समूहले ईलाका प्रहरी कार्यालय हर्कटवा, सर्लाहीका नायब निरीक्षक चौहानमाथि गोली प्रहार गरेको थियो । उक्त घटनामा उनी घाइते भएका थिए ।

चौहानमाथि गोली प्रहार गरी घाइते बनाएर फरार भएकामध्ये सहनीलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा गस्तीमा खटिएको टोलीमाथि तत्कालिन भूमिगत मोर्चाका हतियारधारी समूहले आक्रमण गरेको थियो ।

गोली लागेर घाइते भएका चौहानको साथमा रहेको ५४ एम एमको चाईनिज पेस्तोल पनि उनीहरुले लुटेर लगेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको अवस्थामा हालसम्म विभिन्न समयमा ३ जना पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका थिए । सहनी पक्राउ परेसँगै अर्का एक जना मात्रै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीबिरुद्ध आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली