प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ « Khabarhub

प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नौ वर्षअघि सर्लाहीका प्रहरी नायब निरीक्षक लवजंग चौहानमाथि गोली प्रहार गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गत २०६७ साल मंसिर १७ गते बेलुकी तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ताको हतियारधारी समूहले ईलाका प्रहरी कार्यालय हर्कटवा, सर्लाहीका नायब निरीक्षक चौहानमाथि गोली प्रहार गरेको थियो । उक्त घटनामा उनी घाइते भएका थिए ।

चौहानमाथि गोली प्रहार गरी घाइते बनाएर फरार भएकामध्ये सहनीलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा गस्तीमा खटिएको टोलीमाथि तत्कालिन भूमिगत मोर्चाका हतियारधारी समूहले आक्रमण गरेको थियो ।

गोली लागेर घाइते भएका चौहानको साथमा रहेको ५४ एम एमको चाईनिज पेस्तोल पनि उनीहरुले लुटेर लगेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको अवस्थामा हालसम्म विभिन्न समयमा ३ जना पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका थिए । सहनी पक्राउ परेसँगै अर्का एक जना मात्रै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीबिरुद्ध आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले