औपचारिक कार्यक्रममै मेयर राणा ‘हाफ पाइन्ट’मा पुगेपछि… « Khabarhub

औपचारिक कार्यक्रममै मेयर राणा ‘हाफ पाइन्ट’मा पुगेपछि…


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सामाजिक सञ्जालमा एक जनप्रतिनिधिको तस्वीर अहिले भाइरल बनेको छ । उनको तस्वीरका विषयमा विभिन्न आलोचनात्मक टिका टिप्पणी भइरहेका छन् ।

उनको आलोचना हुनुको पछाडि एउटै कारण हो, उनी औपचारिक कार्यक्रममा हाफ पाइन्टमै उपस्थित भए । उनी हुन्–नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सुरेश कुमार कनोडियालाई पराजित गर्दै निर्वाचित भएका थिए । राणा राप्रपाका महामन्त्री पनि हुन् । त्यसो त बाँकेमा उनले विकासवादी नेताको परिचय समेत बनाएका छन् ।

केही दिन अघि भएको नेपाल उद्यमी संघ बाँकेको १६औं साधारणसभाको उद्घाटन गर्न अतिथि भएर पुगेका थिए– हाफ पाइन्टमा । १८ साउनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नगरस्तरीय समिति गठनमा पनि उनले हाफ पाइन्ट लगाएरै आथित्यता ग्रहण गरे ।

जतिसुकै राम्रो काम गरे पनि औपचारिक कार्यक्रममा उपस्थित हुँदा औपचारिक पोसाक लगाउनुपर्छ भन्ने कुरा जनप्रतिनिधिलाई आयोजकले सिकाइरहनुपर्ने विषय भने होइन । उनी भने हाफ पाइन्टमै कार्यक्रममा उपस्थित भए ।

पछाडि व्यानरमा टागिएको छ– महिला उद्यमी संघ नेपाल । अगाडि सोफामा अन्य अतिथिको बीचमा आफ पाइन्टमै मेयर राणा बिराजमान छन् ।

तस्वीर हेर्दा उनी केही असहज महशुस गरिरहेको देखिन्छन् । एउटा कार्यक्रममा मात्र नभएर दुई दुई वटा कार्यक्रममा उनी उही ड्रेसअपमै कार्यक्रममा उपस्थित भएको पाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १४ बजे

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको