सुरक्षा खतरा देखिएपछि सिम्रिकका जहाज उडानमा रोक « Khabarhub

सुरक्षा खतरा देखिएपछि सिम्रिकका जहाज उडानमा रोक


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षालाई ध्यानमा राख्दै सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय गरेको हो ।

आइतबार र सोमबार गरिएको जाँचका क्रममा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएपछि उडानमा रोक लगाएको प्राधिकरण स्रोतको भनाइ छ ।

प्राधिकरणको यो निर्णयसँगै सिम्रिकका सबै ४ वटा जहाज ग्राउण्डेड भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका सबै उडान रद्द भएको पुष्टि गरे ।

हवाई उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले प्रत्येक हवाई कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्दछ ।

सुरक्षा खतरा देखिएमा प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ०९ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र