सुरक्षा खतरा देखिएपछि सिम्रिकका जहाज उडानमा रोक | Khabarhub Khabarhub

सुरक्षा खतरा देखिएपछि सिम्रिकका जहाज उडानमा रोक


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षालाई ध्यानमा राख्दै सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय गरेको हो ।

आइतबार र सोमबार गरिएको जाँचका क्रममा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएपछि उडानमा रोक लगाएको प्राधिकरण स्रोतको भनाइ छ ।

प्राधिकरणको यो निर्णयसँगै सिम्रिकका सबै ४ वटा जहाज ग्राउण्डेड भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका सबै उडान रद्द भएको पुष्टि गरे ।

हवाई उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले प्रत्येक हवाई कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्दछ ।

सुरक्षा खतरा देखिएमा प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ०९ बजे

तीजमा रमाउँदै श्रद्धालु महिला (तस्बिरहरू) 

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँ– तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ

तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी

नेपाल सांस्कृतिक र धार्मिक पर्वले भरिएको देश हो । यहाँका