इन्द्रजात्रा हेर्न विभिन्न देशका पाँच मेयर काठमाडौं आउँदै | Khabarhub Khabarhub

इन्द्रजात्रा हेर्न विभिन्न देशका पाँच मेयर काठमाडौं आउँदै


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न छ देशका पाँच नगरप्रमुखसहित ४८ जना विदेशी पाहुना काठमाडौं आउने भएका छन् ।

काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट पाँचजना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको महानगरपालिकाले जानकारी दिएको छ ।

यही भदौ २७ गते परेको इन्द्रजात्राको अवलोकन गर्न भ्रमण टोली भदौ २६ गते काठमाडौं आइपुग्ने छ ।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भेटेर यस सम्बन्धी जानकारी दिएको हो ।

महानगरले गत सातमहिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासा नगरका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौं आउने औपचारिक पत्र प्राप्त भइसकेको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ ।

‘भगिनी सम्बन्ध स्थापना गरेका नगरसँग हाम्रा नागरिकसँग सम्बन्ध बढाउन, आपसी सांस्कृतिक पक्षको आदान प्रदान गर्न र नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धन गर्न यो महत्वपूर्ण अवसर हुनेछ’ शाक्यले भने, ‘यसपटक कुनै नगरसँग औपचारिक सम्झौता हुने कुनै एजेन्डा छैन ।’

मेयर शाक्यकाअनुसार यसपटक काठमाडौं आउने पाहुना पर्यटक जस्तै हुन् । उनीहरुले काठमाडौंको सांस्कृतिक र ऐतिहासिक गरिमालाई सन्देशका रुपमा आफ्नो ठाउँमा लिएर जानेछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार जात्रा अवलोकन गर्न आउने पाहुनालाई मुख्यतः इन्द्रजात्राको मूर्त अमूर्त पक्षको अवलोकन तथा जानकारी गराइने छ ।

त्यससँगै बसन्तपुरलगायत काठमाडौंका भित्री सहरी क्षेत्र, स्वयम्भू र बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार स्क्वायर, काठमाडौंको चन्द्रागिरीलगायत स्थानको अवलोकन गराइनेछ ।

यस बर्ष इन्द्रजात्रा (कुमारी रथयात्रा) भाद्र २७ गते परेको छ । यो जात्रा भाद्र ३१ गते नानिचा जात्रासँगै समापन हुनेछ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार भाद्र २४ गते बसन्तपुरमा इन्द्रध्वज उत्थान गरेपछि इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु हुनेछन् । यहाँ गाडिने लिङ्गो (इन्द्रध्वजा) लिन भाद्र १५ गते बन यात्रा शुरु हुनेछ ।

लिङ्गो लिन भक्तपुरको चित्तपोल गएर गुठीयारहरुले भाद्र १६ गतेदेखि लिङ्गो तानेर ल्याउने काम गर्नेछन् । यसलाई असन ल्याएर नगर प्रवेश गराउने तथा बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ । त्यसपछि २४ गते शुभ साइतमा लिङ्गो उठाइनेछ । व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार मिति तय भइसकेको छ तर पञ्चाङ्ग निर्णायक समितिबाट साइत आइसकेको छैन ।

२७ गते कुमारी रथ यात्रा शुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ भने र २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ४५ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र