अदालतले पाँच दिनको म्याद थपेपछि रविका समर्थकहरु आन्दोलन चर्काउँदै « Khabarhub

अदालतले पाँच दिनको म्याद थपेपछि रविका समर्थकहरु आन्दोलन चर्काउँदै


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरेसँगै रविका समर्थकहरुले अन्याय भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो। गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो।

शालिकराम प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ परेका थिए। अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले थप ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको बयान लिइसकिएको जनाएको छ। युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ। रविको भने बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण अदालतमा पेश गरेको जनाएको छ। रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइएपनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो।

मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए। यता रवि पक्राउको भोलोपल्ट गत शुक्रबार देखि आन्दोलन थालेका रविका समर्थकहरुले भने आन्दोलन थप चर्काउने घोषणा गरेका छन् ।

उनीले अदालबाट पनि न्याय नमिलेको तथा रविललाई फसाउने षडयन्त्र भएको भन्दै आन्दोलन चर्काउने घोषण गरेका हुन्। रवि समर्थकले काठमाडौंमा जुलुस निकाल्न जनाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ०६ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न