लोकतन्त्रको रक्षाकालागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह « Khabarhub

लोकतन्त्रको रक्षाकालागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाकाबारेमा पनि जानकारी गराउँदै थप उपचारका लागि बिहीबार सिंगापुर जान लागेको बताए ।

आफ्नो उपचारका लागि यसअघि दुई डोज औषधि लिइसकेको र थप एक डोज लिन बाँकी रहेको जानकारी गराउँदै उनले आफ्नो शरीरले औषधिलाई सहज रुपमा ग्रहण गर्न कठिन भएको बताएका थिए । उनले सिंगापुरबाट फर्केर आएपछि फेरि सर्वदलीय छलफल गर्ने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले सबै मिलेर जाऊ भन्ने प्रस्तावप्रति भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । उनले सरकार मनपरी ढंगबाट अघि बढेको आरोप लगाउँदै यस्तो अवस्थामा कसरी मिलेर जान सकिन्छ भन्ने तर्क गरे ।

बैठकमा सहभागी मधेसी दलले पनि प्रधानमन्त्री र सरकारका मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । राजपा नेपालका नेता राजकिशोर यादवले प्रधानमन्त्रीलाई दल र गुटको भन्दा पनि देशको प्रधानमन्त्री बन्न आग्रह गरे ।

बैठकमा सहभागी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्न आग्रह गरेका थिए ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिश्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी सहभागी भएका थिए भने समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ५३ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू