आतंकवादविरुद्ध सामूहिक लडौंः साउदी युवराज « Khabarhub

आतंकवादविरुद्ध सामूहिक लडौंः साउदी युवराज


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान भ्रमण सकेर भारत पुगेका साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आतंकवादी गतिविधि रोक्न सामुहिक प्रयास रहनुपर्ने जनाएका छन् ।

भारत र साउदी अधिराज्य दुबै मुलुकको सामूहिक चासो र चिन्ताको विषय आतंकवाद भएको जनाउँदै त्यसविरुद्ध हरेक मोर्चामा लड्नु आवश्यक रहेकोमा जोड दिए । उनले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त वक्तव्य जारी गर्दै आतंकवादलाई सहयोग गर्ने हरेक मुलुकलाई दबाबमा राख्नुपर्ने जनाएका छन् ।

उनले भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा गत बिहीबार भएको आत्मघाती बम आक्रमणको निन्दा गरेका छन् । त्यस आक्रमणको जिम्मा पाकिस्तानलाई आधार बनाएर कश्मीरमा सक्रिय अतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो ।

आक्रमणलगत्तै निर्धारित समय तालिकाभन्दा एक दिन ढिला गरी पाकिस्तान पुगेका साउदी युवराजको भ्रमणलाई भारतमा साउदी अरबले पाकिस्तानको समर्थन गरेको शैलीमा प्रचार गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : ३५ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर