आतंकवादविरुद्ध सामूहिक लडौंः साउदी युवराज | Khabarhub Khabarhub

आतंकवादविरुद्ध सामूहिक लडौंः साउदी युवराज


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान भ्रमण सकेर भारत पुगेका साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आतंकवादी गतिविधि रोक्न सामुहिक प्रयास रहनुपर्ने जनाएका छन् ।

भारत र साउदी अधिराज्य दुबै मुलुकको सामूहिक चासो र चिन्ताको विषय आतंकवाद भएको जनाउँदै त्यसविरुद्ध हरेक मोर्चामा लड्नु आवश्यक रहेकोमा जोड दिए । उनले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त वक्तव्य जारी गर्दै आतंकवादलाई सहयोग गर्ने हरेक मुलुकलाई दबाबमा राख्नुपर्ने जनाएका छन् ।

उनले भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा गत बिहीबार भएको आत्मघाती बम आक्रमणको निन्दा गरेका छन् । त्यस आक्रमणको जिम्मा पाकिस्तानलाई आधार बनाएर कश्मीरमा सक्रिय अतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो ।

आक्रमणलगत्तै निर्धारित समय तालिकाभन्दा एक दिन ढिला गरी पाकिस्तान पुगेका साउदी युवराजको भ्रमणलाई भारतमा साउदी अरबले पाकिस्तानको समर्थन गरेको शैलीमा प्रचार गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका