संविधान दिवसः कहाँ कस्तो राष्ट्रिय झण्डा फहराउने ? « Khabarhub

संविधान दिवसः कहाँ कस्तो राष्ट्रिय झण्डा फहराउने ?


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असोज ३ गते अर्थात संविधान दिवस । मुलुकभर चौथो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संविधान दिवसका अवसरमा गृह मन्त्रालयले घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावली गरेर मनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लास साथ मनाऔं । घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।’ भन्ने नारा तय गरेको छ ।

मन्त्रालयले कुनै पनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा कुन साइजको झण्डा प्रयोग गर्ने भन्ने विषयमा समेत जानकारी दिएको छ ।

कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा यो व्यवस्था गरिएको छ।

कहाँ कस्तो झण्डा फहराउने ?

राष्ट्रिय झण्डाको आकार प्रयोग

संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिट
नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटर
नेपाली नागरिकले राष्ट्रिय उत्सव/महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् ।
राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३X२.५ फिट
नेपाली नागरिकले बुँदा नं. ३ मा उल्लेख भए अनुसारका अतिरिक्त बुँदा नं. ६ मा उल्लेख भए बमोजिमको राष्ट्रिय झण्डाको समेत प्रयोग गर्न सक्नेछन् ।

नेपालको राष्ट्रिय झण्डा
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : १३ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा