यु–१८ साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने « Khabarhub

यु–१८ साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यु–१८ साफ च्याम्पियनसिपमा आज (शुक्रबार) प्रतियोगिताको उद्घाटन खेलमा नेपाली युवा टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्सबीचको खेल शुरु हुनेछ ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताइसकेका छन् ।

तेस्रो संस्करण शुरु भइरहँदा नेपालले पछिल्ला दुई संस्करणमा जीत हात पारेको थियो । यो संस्करणमा घरेलु मैदानमै हुन लागेको प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा नेपाली टोली रहेको छ ।

माल्दिभ्सका प्रशिक्षकले पनि नेपाली टोलीविरुद्ध योजनाबद्ध रुपमा खेल्दै प्रतियोगितामा राम्रो शुरुवात गर्ने बताएक छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : १९ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय