नेपाल र ताजिकिस्तानको खेल आज « Khabarhub

नेपाल र ताजिकिस्तानको खेल आज


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०: ४५ बजे हुनेछ ।

यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

यसअघि समान दुई खेल नै खेलेको ताजिकिस्तान दुवै खेलमा जित हासिल गर्दै छ अङ्क जोडेको छ । उक्त छनोट च्याम्पियनसिपमा विभिन्न ४८ वटा राष्ट्र सहभागी छन् जसलाई एघार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् ।

जारी प्रतियोगितामा ताजिकिस्तान शीर्ष स्थानमा छ भने जोर्डन दोस्रो स्थानमा छ । चार अङ्कका साथ कुवेत तेस्रो स्थानमा छ भने एक अङ्क बटुलेको नेपाल चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्का तीनै खेलमा पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  २ : १८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित