राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह « Khabarhub

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन् । जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।

उनले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताए । उनले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको बताए ।

दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पुर्‍याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले सङ्घीयतामा राज्यको प्रशासनिक खर्च बढी भए पनि यसले आम जनतालाई भने कम खर्चिलो भएको, सुविधा प्रदान गरेको साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको बताए ।

उनले सङ्घीयताकै कारण नेपाली जनता अधिकार सम्पन्न भएको तर समाजमा परिवर्तन नचाहनेले सङ्घीयता विषयमा गलत भ्रम सिर्जना गरेर जनतालाई निरास बनाउन खोजिरहेको बताउँदै भने, “नेपाली समाजलाई पछाडि धकेल्ने प्रयत्न स्वीकार्य छैन ।”

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  २ : ३३ बजे

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट