नेकपाले चीनको जस्तो प्रशिक्षण गर्न खोज्नु लोकतन्त्रका लागि खतरा –पौडेल « Khabarhub

नेकपाले चीनको जस्तो प्रशिक्षण गर्न खोज्नु लोकतन्त्रका लागि खतरा –पौडेल


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले आफ्नो पुरानो नीति सिद्धान्तलाई क्रमश बाहिर ल्याउन सुरु गरेको बताएका छन् ।

वरिष्ठ नेता पौडलले कम्युनिष्ट सिद्धान्त बलियो बनाउनका लागि चीनको जस्तो प्रशिक्षण सुरु गर्न लागेको समाचार बाहिर आएको भन्दै यो लोकतन्त्रका लागि खतरनाक भएको टिप्पणी गरे ।

गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा आयोजित एक कार्यक्रममा नेता पौडेलले कम्युनिष्ट सिद्धान्तलाई लागू गर्नका लागि चीनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिने र सबै अधिकार आफैमा केन्द्रीत गर्ने अभियान नेकपाले सुरु गर्न लागेको बताए ।

पौडेलले भने–‘नेपालीलाई अहिले चिनियाँ मोडेलको शासन व्यवस्थाबारे प्रशिक्षण दिनु, सबै अधिकार एकजनामा केन्द्रीत गर्नु कम्युनिष्ट अधिनायकवाद तर्फ उन्मुख हुने संकेत हुन् । अहिलेको समस्या संविधान कार्यान्वयन गर्ने भन्दा पनि कम्युनिष्टको घोषणापत्र कार्यान्वयन गर्ने प्रयास गरेकाले भएको हो । त्यही भएर आम जनतामा असन्तुष्टि बढ्दै गएको छ ।’

पौडेलले जनता असंतुष्ट भएपछि सत्ताको आडमा आफ्ना कार्यकर्ता पोस्न सरकार लागिपरेको बताए । पौडेलले भने– ‘आम जनता असन्तुष्ट छन् तर सरकारलाई कुनै चासो छैन् । कम्युनिष्ट पार्टीको सरकार सत्ताको बलमा कार्यकर्ता पोसेर नयाँ वर्ग जन्माउन लागेको छ ।’

पौडेलले अहिले विचार सिद्धान्तको राजनीति कमजोर हुँदै जात धर्म र भूगोलको राजनीतिले प्रश्रय पाउन लागेको बताए । उनले जात धर्म र भूगोलको नाममा राजनीति ध्रुविकरणको प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

पौडेलले विकासमा पनि बाधा उत्पन्न भएको बताए । उनले वीपी कोइरालाले देखाएको बाटोका बारेमा आम कांग्रेस कार्यकर्तालाई एकपटक प्रशिक्षित गर्नुपर्ने बेला भएको बताए । वीपी कोइरालाले विकास कसरी गर्न सकिन्छ भन्ने मोडेल प्रस्तुत गरेको भन्दै उनले आम कांग्रेस कार्यकर्ताले वीपीको विचारमा बहस गर्न सक्ने हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : १६ बजे

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी

लिखतसम्बन्धी कसुर: वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्