करन्ट लागेर मजदूरको मृत्यु « Khabarhub

करन्ट लागेर मजदूरको मृत्यु


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको तारमा ठोक्किँदा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार बिहान ९: ३० बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भीर अवस्थामा रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी शर्माले जानकारी दिए । मृतक तामाङको शव परीक्षणका लागि शवगृहमा राखिएको छ । परीक्षणपछि आफन्तलाई शव बुझाइने जनाइएको छ ।

मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ५ : ५१ बजे

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको