साफ यू-१८ फुटबलः नेपाल र माल्दिभ्सबीचको खेल बराबरी « Khabarhub

साफ यू-१८ फुटबलः नेपाल र माल्दिभ्सबीचको खेल बराबरी


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सँग एक(एक गोलको बराबरी खेलेको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सको एक गोलको अग्रतालाई बराबरीमा रोक्न सफल भएको हो। नेपालका लागि मनिष डाँगीको गोल हारबाट बचाउन सफल भयो ।

खेलको १३ औं मिनेटमा नै नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सले अग्रता बनाएको थियो । एक गोलले पछि परेको नेपाल दबाबमा आएको थियो । पहिलो हाफमा नेपालले गोल गर्ने अबसर प्राप्त गरेपछि गोल गर्न भने सकेन । ४९ औं मिनेटमा माल्दिभ्सले अर्को एउटा प्रहार गरेको थियो ।

दोस्रो हाफको ७४ औं मिनेटमा नेपालले गोल फर्काउन सफल भयो । बारम्बारको प्रयास पछि नेपालका लागि मनिश डाँगीले हेडर गोल गरे । उनको नेपाली उमेर समुहमा गरेको यो पहिलो गोल हो ।अब नेपालले समुहको दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपालका लागि सेमिफाइनलमा पुग्न सो खेल जित्ने पर्ने हुन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ०५ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १