लहडका भरमा संशोधन गर्न साना दुःखले आर्जेको संविधान होइनः मन्त्री बाँस्कोटा « Khabarhub

लहडका भरमा संशोधन गर्न साना दुःखले आर्जेको संविधान होइनः मन्त्री बाँस्कोटा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन्।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा शुक्रबार कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने बताएका हुन् ।

उनले भने,  “सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा असम्भव छ, यस्तो सपना इतिहासमा गइसक्यो ।”

मन्त्री बाँस्कोटाले सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको पतन अनिवार्य भएको बताए ।

“संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्रहार गर्न खोज्ने विषय सफल हुन सक्दैन”, उनले भने । अब चिहानबाट निरङ्कुश राजतन्त्रका कुनै पनि अवेशष फर्केर आउन नसक्ने उनले दाबी गरे ।

उनले भने,  “संविधानले राष्ट्रिय प्राण भरेको छ, जहाँ प्रत्येक नागरिकको राजनीतिक, सामाजिक र सांस्कृतिक, न्याय र सम्मानको अधिकार सुरक्षित गरेको छ ।”

उनले कहीँकतै देशको प्रगति, नागरिकको अधिकार, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय आत्मसम्मान, आफ्नो गौरव र गाथाप्रति वर्तमान संविधानले अप्ठेरो पार्छ भने मात्रै केही पुनर्विचार गर्न सकिने बताए ।

आफूहरु राजनीतिक क्रान्तिपछि निर्माणको क्रान्तिद्वारा जनतालाई सन्तुष्टि दिलाउन चाहेको उनको धारणा थियो ।

उनले आर्थिक प्रगतितर्फ मुलुक उन्मुख भएकाले इतिहासमा पहिलोपटक सात दशमलव एक प्रतिशत आर्थिक वृद्धदर कायम भएकोमा खुशी हुनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले स्वाधीनताका साथ, कसैसँग सत्रुता नगर्ने, सबैसँग मित्रता कायम गर्ने, संवादद्वारा समस्या समाधान गर्दै जाने सुविचारी ढङ्गले अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउँदै लगेको बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : ३७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर