पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…! « Khabarhub

पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…!


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाहको आनीबानीले परिवारका सदस्यहरु आजित बनेका छन् ।

पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छवि लोकप्रिय बनिरहेका बेला पारसको उदण्ड स्वभावले उनीहरुलाई पनि असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार रहेको छ ।

यता पारसले भने ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? ‘म राजा बन्दिनँ, अब साधु बन्छु’भन्दै जोगी जीवन बिताएको दाबी गरिरहेका छन् । पारसको यसकिसिमको उदण्ड शैलीप्रति उनीहरु आजित बनेका हुन् । उनीहरु चिन्तित पनि त्यत्तिकै छन् । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर छोराछोरीलाई अलग राखिएको स्रोतले जनाएको छ ।

पारसको विगतभन्दा वर्तमान झन बर्बादीतिर धकिलिएको भन्दै परिवारका सदस्यहरुलाई पारसबाट अलग्गै राखिएको हो । पछिल्लो पटक युट्युबर सोनिकासँग हिमचिम बढेको विषयलाई लिएर यस्तो हर्कद गर्न नहुने राजाबादीहरु बताउँछन् । राजसंस्थाप्रति सहानुभूति राख्नेहरुले पनि पारसको उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् ।

पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । पारसको बानीकै कारण लामो समयदेखि पत्नी हिमानी पनि टाढा छिन् । हिमानी समाजसेवामा सक्रिय छिन् । उनको समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिरहेका छन् ।

आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसले बताएका छन् । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’

पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ४३ बजे

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौं– राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार