रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता « Khabarhub

रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा अग्रतालाई बढाएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो ।

खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले अघिल्लो सातामात्र कीर्तिमानी ७ सय गोल पुरा गरेका थिए ।

लारान्गेराले २६ औ मिनेटमा गोल गर्दै खेल पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । पजनीले ५४ औ मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरे ।

युभेन्ट्सका लिजेन्ड जियानलुईगी बुफोन केही उत्कृष्ट बचाउ गर्दै क्लबको हार टारेका थिए । उनले फेडेरिको सेन्टेन्डरको ओभर हेड किकलाई

शानदार तरिकाले बचाउ गरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले ८ खेलबाट २२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग चार अंकको अग्रता लिएको छ ।

बोलोग्ना ९ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ०५ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।