म्यानचेस्टर इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा | Khabarhub Khabarhub

म्यानचेस्टर इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

क्रिष्टलको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको ३९ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २४ अंक छ ।

पराजित क्रिष्टल १४ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १२ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार