मालोर्कासँग रियल मड्रिड पराजित « Khabarhub

मालोर्कासँग रियल मड्रिड पराजित


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगामा रियल मड्रिड मालोर्कासँग पराजित भएको छ । मालोर्काको मैदानमा भएको खेलमा घरेलु टिमले रियलललाई १–० ले हरायो ।

मालोर्काको जितमा जुनियर लागोले गोल गरेका थिए । उनले सातौं मिनेटमा गरेको गोलका कारण मालोर्काले जित निकाल्न सक्यो ।

खेलमा मालोर्कामाथि दबाब बनाउन सफल भए पनि रियलले हार भने टार्न सकेन । उसले खेलमा चारवटा प्रहार फ्रेममा गरेको थियो भने ६२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो ।

तर, ८४ औं मिनेटमा डिफेन्डर एड्रिजोला रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भने रियल केही कमजोर देखिएको थियो । त्यसपछि गोल हुन नसक्दा रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

ला लिगाको नवौं चरणको खेल सकिँदा बार्सिलोना १९ अंकसहित शीर्ष स्थानमा छ भने १८ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा छ । मालोर्का भने १० अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ५३ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता