स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकियो | Khabarhub Khabarhub

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा एट्लेटिको भ्यालेन्सियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिकोले १० खेलाडीमा सिमित भ्यालेन्सियासँग बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा डिएगो कोष्टाले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा डानी परेजोले गोल गर्दै भ्यालेन्सियालाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा ली कान्गिनले रातो कार्ड पाएपछि भ्यालेन्सिया अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीसँगै चौंथो स्थानको एट्लेटिकोले ९ खेलबाट १६ अंक जोडेको छ । छैटौं स्थानको भ्यालेन्सियाले १३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ३० बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला