आईसीसीबाट निलम्बन फुकुवापछि क्यानको पहिलो बैठक आज | Khabarhub Khabarhub

आईसीसीबाट निलम्बन फुकुवापछि क्यानको पहिलो बैठक आज


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आज (आइतबार) बस्दैछ ।

मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन शसर्त फुकुवा गरेको हो ।

‘बैठकमा आईसीसीले भनेका ‘कन्डीसन्’ बारे छलफल हुन सक्छ खासै ठूलो एजेन्डाहरु नहोलान्’ सचिव प्याकुरेलले भने ।

‘निलम्बन फुकुवा भइसकेपछि पहिलो पटक बस्दैछ । त्यसैले यसमा अन्य कुराहरु भन्दा पनि आईसीसीको निर्णयबारे छलफल हुन्छ,’ सचिव प्याकुरेलले भने,‘यसमा खासै धेरै एजेन्डा केही पनि छैन् ।’

आईसीसीले गतको सोमबार क्यानको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजीनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताए ।

‘पारस जीको राजीनामा क्यानसम्म आधिकारीक रुपमा नसकेकाले यो विषयमा छलफल हुँदैन्,’ सचिव प्याकुरेलले अगाडि भने,‘यसमा साथिहरुले चासो राख्न सक्छन् । तर, आधिकारीक रुपमा राजीनामा नआइकन यो विषयमा छलफल हुँदैन ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : १७ बजे

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।