दशैं विदा सकिएको १० दिन बितिसक्दा पनि खुलेन सरकारी कार्यालय | Khabarhub Khabarhub

दशैं विदा सकिएको १० दिन बितिसक्दा पनि खुलेन सरकारी कार्यालय


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम–दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन ।

बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ ।

कार्यालयदेखि नजिकै घर भएका एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमा नै भए पनि त्यसयता उनलाई पनि नदेखेको र कार्यालय पनि नखुलेको वताइएको छ । दशैँपछि सार्वजनिक विदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा कोही आएका छैनन् ।

सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायले अहिले चासो देखाएको छैन । यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजश्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ ।

पशुपतिनगर भन्सार कार्यालयको मातहतमा रहने छोटी भन्सार कार्यालय प्रायः नखुल्ने गरेको स्थानीयवासीको भनाइ छ । पशुपतिनगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले दशैँपछि कार्यालय नखुलेको आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ०८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा