गोंगबुमा खुल्यो सुविधासम्पन्न मल्टिप्लेक्स हल « Khabarhub

गोंगबुमा खुल्यो सुविधासम्पन्न मल्टिप्लेक्स हल


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको गोंगबुमा २ स्क्रिनसहितको सुविधासम्पन्न मल्टिप्लेक्स हल खुलेको छ । गोंगबुको कर्माचार्य कम्प्लेक्समा ३ सय ३५ सिट क्षमताको नर्थ सिनेमाज् सञ्चालनमा ल्याइएको हो ।

इन्सेप्सन एण्ड आइडियाज् प्रालिका सह–संस्थापक सुरेन्द्र थापाले आधुनिक टेक्नोलोजीको उपयोग गर्दै नयाँ हल सञ्चालनमा ल्याइएको बताए । एक हलमा १ सय ८१ सिट क्षमता छ भने अर्को हलमा १ सय ५४ सिट क्षमता छ ।

आएनआइ ग्रुपले देशका अन्य स्थानमा पनि हल बिस्तार गर्ने जनाएको छ । ‘आइएनआइ सिनेमासले अत्याधुनिक प्रविधि, ठूला स्किृन, स्तरीय पर्दा, सजिला सिट र थ्रिलिङ अडियो सिस्टमसहितका हल ल्याएका छौँ,’ आइएनआइ ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

आइएनआइका अनुसार यी हलमा नेपालमै पहिलोपटक जीडीसी सर्भर प्रयोग गरिएको छ । यस्तै स्तरीय थ्रीडी सुविधा पनि दिइने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ५० बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा