पूजा र आकाशको ‘पोइ पर्‍यो काले’ ले दर्शक तान्ला ? « Khabarhub

पूजा र आकाशको ‘पोइ पर्‍यो काले’ ले दर्शक तान्ला ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ को रिलिज मिति नजिक आउँदैछ । यो फिल्म यही कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । चर्चाका हिसाबले यी सबै आ–आफ्नै फ्यान फलोइङ भएका कलाकार हुन् ।

तर, फिल्मको चर्चा भने त्यति हुन सकेको छैन । रिलिजको एक हप्तामात्र बाँकी रहँदा फिल्मको खासै क्रेज देखिएको छैन ।

चलचित्रमा रुपका हिसाबले कालो श्रीमान परेको कुरालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । शिशिर रानाको लेखन तथा निर्देशन रहेको यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । कमेडी कथामा निर्माण भएकाले पनि फिल्म चल्ने अनुमान गरिएको छ ।

सृष्टि खड्का, राजाराम पौडेल, विन्दा खतिवडा, सुरक्षा पन्त, किरण नेपाली लगायतका कलाकारको समेत रहेको यो फिल्मलाई दीपक मनाङे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

रिलिजअघि फिल्मले औसत प्रतिक्रिया पाए पनि रिलिजपछि भने दर्शक हलसम्म तान्ने अनुमान किन पनि गरिएको छ भने चलचित्र कमेडी पनि छ । साथै लोकप्रिय कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ५८ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा