महरालाई अदालत पुर्‍याइयो, होला म्याद थप ? « Khabarhub

महरालाई अदालत पुर्‍याइयो, होला म्याद थप ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ ।

आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भएसँगै महरालाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

हिरासतमा राख्न अदालतले दिएको तीन दिनको सकिएसँगै महरालाई आज पुन अदालत लगिएको हो । महराको वयान नसकिएका कारण उनलाई हिरासतमा राख्न थप सयम माग गर्ने तयारी गरिएको छ ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका कारण महराको वयान हुन सकेको थिएन । आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो । महाराले यसअघि वायन दिन अस्वीकार गर्दै आएका थिए

पुन म्याथ थप माग गरिने

अनुसन्धानका लागि समय अपुग भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी सरकारी वकिलले गरेका छन् ।

पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको थियो । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ३१ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा