आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | Khabarhub Khabarhub

आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थप गरेको छ ।

आइतवार जिल्ला अदालत रौतहटले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

यसअघि अदालतले मंगलबार अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।

घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ ।

हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम