जिग्री–पाँडेविरुद्ध प्रहरीमा कपिराइटको उजुरी « Khabarhub

जिग्री–पाँडेविरुद्ध प्रहरीमा कपिराइटको उजुरी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो ।

यसअघि मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै उसले प्रहरीमा उजुरी गरेको बुझिएको छ ।

प्रहरीले यस विषयमा छलफल गर्न कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को समूहलाई बोलाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि आफूहरुलाई बोलाएको घिमिरेले खबरहबलाई बताएका छन् । आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै आफूहरुविरुद्ध कपिराइटको उजुरी हालेको उनले पुष्टि गरे ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले सक्किगोनीको टिम विरुद्ध आफ्ना क्यारेक्टरहरुको प्रयोग गर्न रोकियोस भनेर उजुरी हालेको बताएका छन् ।

यता, कलाकार घिमिरे (पाँडे)ले भने ती सबै क्यारेक्टर आफूहरुको सिर्जना भएकाले मिडिया हबले कुनै दाबी गर्न नमिल्ने प्रष्ट पारे ।

यसअघि भद्रगोलमा काम गरेका जिग्री–पाँडेको समूहले हास्य टेलिश्रृंखला सक्किगोनी निर्माण थालेका थिए । भद्रगोल टिमबाट छुट्टिएर जिग्री–पाँडे समूहले अर्को टेलिश्रृंखला निर्माण गरेपछि मिडिया हबसँगको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : ४८ बजे

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा