अरुको मन सहजै जित्न गर्नु पर्ने पाँच काम « Khabarhub

अरुको मन सहजै जित्न गर्नु पर्ने पाँच काम


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एक व्यक्ति अर्काे व्यक्तिको मनमा बस्नु हरेकका लागि निकै ठूलो उपलब्धि हो । यसरी मानिसको मन मष्तिकसम्म छाप छोड्न ठूलो लगानी वा वर्षाै मेहनत गरेर पनि सम्भव हुँदैन ।

कुनै सानो पलको भेट तथा व्यवहार पनि कोही कसैलाई अरुको मनमा बस्ने बाटो बनिदिन सक्छ ।

हामी केही टिप्सहरु दिदैछौँ, जसले तपाईंलाई अरु मानिसको मन जित्न मद्दत गर्छ ।

१. बोली तथा व्यवहार

हरेक मानिसलाई राम्रो बोली र व्यवहार नै प्यारो लाग्छ । धेरै झर्काेफर्काे नगर्ने, मीठो र नम्र बोल्ने तथा अरुलाई सम्मानपूर्वक व्यवहार गर्ने बानीले हरेक मानिसले नै अरुको मन जित्न सक्दछन् । त्यसैले अरुका अगाडि तपाईंको बोलीचाली र व्यवहार कस्तो छ, त्यसले नै तपाईंप्रति मानिसको धारणा बन्ने गर्दछ ।

२. आर्कषक देखिने

हरेक मानिस राम्रो पहिरन र आर्कषक मानिसबाट प्रभावित बन्ने गर्दछन् । आर्कषक मानिसले सहजै अरुको मन जित्न सक्दछन् । यसरी आर्कषक बन्न आफ्नो छालासँग सुहाउँदो रंगको सफा कपडा लगाउने गर्नु पर्दछ । यसले तपाईंलाई अरुको अगाडि पहिचान दिलाउने र साथै अरुको मन जित्न मद्दत गर्छ ।

३. सीमित बोल्ने

कोही पनि मानिससँग कुराकानी हुदाँ आफूले जानकारी राख्ने बिषयमा मात्र बोल्नु पर्छ । त्यो पनि आवश्यकताअनुसार मात्र । अन्यथा जुनसुकै विषयमा धेरै बोले वा बोलिरहने मानिसको मूल्य अरुको नजरमा कम हुन्छ । तसर्थ आवश्यकताअुनसार सीमित बोलेमा सहजै अरुको मन जित्न सकिन्छ ।

४. अरुलाई सम्मान दिने

सम्मान सबैका लागि उत्तिकै प्यारो हुन्छ । तर आजकल प्राय मानिस आफ्नो बखान तथा अरुको अपमानमा रमाउने गर्दछन् । यो स्वभावले व्यक्ति स्वयम्लाई खुसी मिले पनि अरुलाई भने यसले नराम्रो चोट पु¥याउँछ । तसर्थ अरुलाई सम्मान दिने व्यक्ति धेरै मानिसको मनमा बस्दछन् । साथै, यस्तो व्यवहारले मानिसको मन जित्न मद््दत समेत गर्दछ ।

५. बनावटी नबन्नुहोस्

मानिस आफूलाई राम्रो देखाउने चक्करमा निकै बनावटी बन्दछन् । उनीहरु आफ्नो क्षमता बाहिरको व्यवहार प्रस्तुत गर्दछन् । तर यसले मानिसलाई आर्कषित गर्दैन । बनावटी बन्दा तत्काल वास्तविकता लुके पनि भविष्यमा यसको व्यवस्थापन गर्न निकै कठिन हुन्छ । जसले गर्दा तपाईंले अरुलाई प्रभावमा पार्नेभन्दा आफ्नो वास्तविकता लुकाउनतर्फ मेहनत गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : २१ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक