क्यानको पहिलो बैठक– पारसको राजीनामा बारे सामान्य छलफल ! « Khabarhub

क्यानको पहिलो बैठक– पारसको राजीनामा बारे सामान्य छलफल !


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले प्रवक्तामा सचिव अशोकनाथ प्याकुरेललाई चयन गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सशर्त फुकुवा गरेपछि आइतवार बसेको पहिलो बैठकले निलम्बन फुवुवा गरेको प्रति आईसीसीलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मुलपानीस्थित क्यान मुख्यालयमा बसेको बैठकले प्राविधिक, प्रतियोगिता लगायतका विभिन्न समिति पनि गठन भएका छन् ।

प्राविधिक समितिको संयोजकमा संजय सिंह चयन भएका छन् भने प्रतियोगिता समितिका संयोजकमा प्रशान्त मल्ल, आर्थिक समितिको संयोजकमा क्यानका कोषाध्यक्ष रोषन सिंह र मिडिया संयाेजकमा अशोकनाथ प्याकुरेल चयन भएका छन् ।

गत मंगलबार राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काको राजीनामामाका विषयमा क्यानमा अनौपचारिक छलफल मात्र भएको बैठकमा सहभागी एकजना पदाधिकारीले बताए ।

‘क्यानले पारसको राजीनामा आधिकारीक रुपमा नआएकाले यसमा सामान्य छलफल मात्रै भएको छ,’उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ३७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि