चितवन राईनोज महिला क्रिकेटको फाइनलमा प्रवेश « Khabarhub

चितवन राईनोज महिला क्रिकेटको फाइनलमा प्रवेश


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) अन्तर्गत आइतबार भएको खेलमा जित हात पार्दै चितवन फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनल प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले ६९ रनको साझेदारी गर्दै वलियो साझेदारी गरेका थिए । काजल ३६ तथा कञ्चन ३४ रन बनाएर आउट भएका थिए । यस्तै कप्तान इन्दु बर्माले नट आउट १७ रन बनाउँदा सुमन खतिवडाले १० रन बनाइन् ।

विराटनगरका लागि सबनम राईले २ विकेट लिँदा आरती विडारी, सोनु खड्का र सर्मिला मगरले एक एक विकेट लिए । चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।

जितसँगै अपराजित चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ५४ बजे

कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन १० गते आइतबार फागुन

आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १० गते आइतबार फागुन

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा