पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश | Khabarhub Khabarhub

पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालमा रहेको आफ्नो शिशु लिएर अदातलमा उपस्थित हुन आदेश दिएको छ ।

८ महिनाअघि डाउनसिन्ड्रोम भएको शिशु जन्मिएपछि अस्पतालमै छाडेकी साहलाई शिशु जिम्मा लिएर अदातलमा उपस्थित हुन  उच्च अदालतले आदेश दिएको हो ।

साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर शिशु डाउनसिन्ड्रोम भएको थाहा पाएपछि साहले अस्पतालले गल्ती गरेको भन्दै शिशु लिन अस्वीकार गरेकी थिइन् ।

साहले शिशु लिन अस्वीकार गरेपछि अस्पतालले उच्च अदालत पाटनमा साहविरुद्ध मुद्धा दर्ता गरेको थियो ।  सो मुद्धामा पाटन अदातले असोज ८ गते शिशुको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो ।

अदातलको आदेशपछि वीर अस्पतालले शिशुको स्वास्थ्य परीक्षण गरी असोज २९ गते स्वास्थ्य अवस्थाको रिपोर्ट अदालतमा पेस गरेको थियो ।  वीर अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा शिशुको अवस्था सामान्य रहेको पाइएपछि अदालतले साहलाई आफ्नो शिशु सहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना

पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी

काठमाडौं- भारतले गत मे महिनामा सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा

नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड

काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय

भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ

चेन्नई – भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले ‘अपरेशन सिन्दूर’