एन्फाका पूर्व अध्यक्ष थापाको आत्मकथा आउँदै « Khabarhub

एन्फाका पूर्व अध्यक्ष थापाको आत्मकथा आउँदै


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आत्मकथा ल्याउने भएका छन् ।

बुकहिल पब्ललीकेशनले बजारमा ल्याउन लागेको थापाको आत्मकथाको आवरण आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
राष्ट्रिय फुटबल टोलीको खेलाडी, कप्तान हुँदै झण्डै २ दशक एन्फाको नेतृत्वमा रहेका थापाको आत्मकथाको सहलेखन तथा सम्पादन खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यले गरेका छन् । आत्मत्मकथा आगामी फागुनमा सार्वजनिक हुनेछ ।

थापाको आत्मकथा नेपाली फुटबलमा केन्द्रित रहने थापाले बताएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको प्रतिबन्धमा रहेका थापाको आत्मकथामा उनीसँग जोडिएको भ्रष्ट्राचार अभियोगमा लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय, फिफाको प्रतिबन्ध, एएफसीका तत्कालीन अध्यक्ष महमद बिन हमामसँगको सम्बन्धबारेको विषय समेटिने जनाइएको छ ।

यस्तै राष्ट्रिय टिममा रहदाँ नेपाललाई दिलाएका सफलता र एन्फा अध्यक्ष हुदाँको रोचक विषयवस्तु समेत आत्मकथामा समावे हुने जनाइएको छ । कार्यक्रममा बोल्दै थापाले आत्मकथामा आफ्नो जीवनका विविध घटनालाई ईमान्दारपूर्वक राखेको दाबी गरेका छन् ।

थापाले आफूप्रति नेपाली समाजले बनाएको धारणा परिवर्तन ल्याउन यो पुस्तकले सघाउँने बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा