उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन « Khabarhub

उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी म‌ंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन/तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिए।

‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ३९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई