आमिर खानले खोले राज, ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी? « Khabarhub

आमिर खानले खोले राज, ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी?


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका मिस्टर प्रफेक्शनिस्ट सुपरस्टार आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । आमिरको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।

मल्टिस्टारर फिल्म हुँदा पनि फिल्मले कुनै कमाल देखाउन सकेन ।

आमिरले यो फिल्म फ्लप हुनुको पूरै जिम्मा आफूले लिँदै सबैसँग माफी पनि मागेका थिए । अहिले आएर आमिरले यो खुलाएका छन्, आखिर उनले किन माफी मागेका थिए ?

हालै आमिरलाई सोधियो – फिल्म फ्लप हुँदा फ्यानसँग किन माफी माग्नुभयो? यसको जिम्मा तपाईंले किन लिनुभयो?

आमिरले भने – उनीहरुले मलाई सधै आफ्नो कामप्रति जिम्मेवार महसूस गराउँछन् ।

पछिल्ला दुई दशक आमिरका कुनै त्यस्ता फिल्म आएनन्, जुन नचलेका होऊन् ।

आमिरले अगाडि थपे – यो फिल्म बहुप्रतीक्षित फिल्म थियो । दर्शकलाई फिल्मप्रति धेरै आशा थियो । त्यसैले पनि मैले क्षमा मागेँ । मलाई लाग्यो कि, दर्शकको विश्वासमा म खरो उत्रिन नसकेकोमा मैले माफी माग्नुपर्छ ।

आमिरलाई सोधियो – असफलताबाट के सिक्नुहुन्छ?

‘असफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ,’ आमिरले भने ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : १३ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच