छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्घाखाँची, कास्की, पर्सा, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

अर्घाखाँची, भुमिकास्थान नगरपालिका-५ स्थित सडकमा लु. १ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णु कुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग.१ त ३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टरका चालक पर्सा घर भई हाल माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-३२ ज्योतीफर्मस्थित सडकमा ना.५ च ७१५ नम्बरको बलेरो पिकअपले ना.१ प ४६८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सोही महानगरपालिका-३० बस्ने २९ वर्षीय अफ्ताब आलम अन्सारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदाबरी नगरपालिका-२ स्थित पहाडरोडमा से.१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ ।

बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १२ : ४६ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित