छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्घाखाँची, कास्की, पर्सा, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

अर्घाखाँची, भुमिकास्थान नगरपालिका-५ स्थित सडकमा लु. १ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णु कुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग.१ त ३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टरका चालक पर्सा घर भई हाल माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-३२ ज्योतीफर्मस्थित सडकमा ना.५ च ७१५ नम्बरको बलेरो पिकअपले ना.१ प ४६८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सोही महानगरपालिका-३० बस्ने २९ वर्षीय अफ्ताब आलम अन्सारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदाबरी नगरपालिका-२ स्थित पहाडरोडमा से.१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ ।

बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १२ : ४६ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई