नेपाल बंगलादेश बैंकद्वारा नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण | Khabarhub Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व बाल दिवसको अवसर पारेर नेपाल बंगलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधवार ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेकी थइिन् । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वाश व्यक्त गरिन् ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् । बैंकले बैंकको संस्थागत नारा ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १२ : ५३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन