श्रीलंकाका राष्ट्रपति राजापक्षेले दाइ महिन्दालाई बनाए प्रधानमन्त्री | Khabarhub Khabarhub

श्रीलंकाका राष्ट्रपति राजापक्षेले दाइ महिन्दालाई बनाए प्रधानमन्त्री


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति थिए । सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलंकामा शासन गरेका थिए ।

यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजिनामा दिएका थिए ।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारहरुमा जनाइएको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन् । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।

तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी ९युडीपी०का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् ।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने बताएका थिए ।

झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलंकाली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका भएका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  २ : ४० बजे

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

पाँचथर– हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण

सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा

शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना

काठमाडौं– नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका

भारतीय सामानमा दोब्बर अमेरिकी कर, पुग्यो ५० प्रतिशत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल खरिद गरेका कारण