देशमा आगलागी हुँदा विदेश भ्रमण गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे « Khabarhub

देशमा आगलागी हुँदा विदेश भ्रमण गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा माफी मागेका छन् ।

शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् । देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले क्षमा याचना गरेका हुन् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन् । राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए ।

उनीहरुले जलवायु परिवर्तनका बारेमा तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उनले डिसेम्बरमा बिदा लिएका हुन् । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताएका छन् ।

‘मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी याचना गर्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,’ उनले शुक्रबार भनेका छन् ।

उनले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयास सम्वन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको बताए ।

अस्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन् । देशका कम्तीमा एक सय भन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन् । सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ ।

सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अस्ट्रेलियामा ८ जनाको ज्यान गइसकेको छ भने ७ सयभन्दा धेरै घर नष्ट भएका छन् । दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ ।

सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अस्ट्रेलियामा आगलागी भएको हो । सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ०१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक