देशमा आगलागी हुँदा विदेश भ्रमण गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे | Khabarhub Khabarhub

देशमा आगलागी हुँदा विदेश भ्रमण गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा माफी मागेका छन् ।

शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् । देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले क्षमा याचना गरेका हुन् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन् । राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए ।

उनीहरुले जलवायु परिवर्तनका बारेमा तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उनले डिसेम्बरमा बिदा लिएका हुन् । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताएका छन् ।

‘मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी याचना गर्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,’ उनले शुक्रबार भनेका छन् ।

उनले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयास सम्वन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको बताए ।

अस्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन् । देशका कम्तीमा एक सय भन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन् । सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ ।

सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अस्ट्रेलियामा ८ जनाको ज्यान गइसकेको छ भने ७ सयभन्दा धेरै घर नष्ट भएका छन् । दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ ।

सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अस्ट्रेलियामा आगलागी भएको हो । सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ०१ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज