‘पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण’ « Khabarhub

‘पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण’


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ज्वालाले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताए ।

मन्त्री ज्वालाले कर्णालीमा अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह गरे । ‘कर्णाली प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले धनी छ, तपाईहरु एकपटक यहाँ घुमेर आनन्द लिनुस्’, उनले भने, ‘महाधिवेशनको सन्दर्भलाई आफ्नो व्यावसायिक कामका लागि मात्र नसम्झी पर्यटकका रुपमा यहाँका पर्यटकीयस्थलमा पुगेर प्रवद्र्धन गरिदिनुस् ।’

नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा मुलुकभरका होटल व्यवसायीको कर्णाली भ्रमणले सकारात्मक सन्देश फैलिने उनको विश्वास छ ।

प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकासलाई महत्व दिएर बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री ज्वालाले कोहलपुर–सर्खेत चार लेन सडक निर्माणको बोलपत्र प्रक्रिया शुरु भइसकेको र कर्णाली राजमार्गको नाग्मा–मुगु खण्ड यसै आर्थिक वर्षमा स्तरोन्नति हुने बताए ।

सुर्खेत–हिल्सा सडकको डिपिआर तयार गर्नुका साथै सुर्खेत उपत्यकाको चक्रपथ निर्माण र सुर्खेत विमानस्थल विस्तारका लागि सङ्घीय सरकारलाई दबाब दिइरहेको उनको भनाइ थियो । प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेको भन्दै मन्त्री ज्वालाले लगानी गर्न व्यवसायीलाई आग्रह गरेकाछन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ०५ बजे

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : यसै वर्ष ठेक्का आह्वान गरिने

खोटाङ– खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश