विदेश जानकै लागि नर्सिङ पढ्नेको संख्या बढ्दै | Khabarhub Khabarhub

विदेश जानकै लागि नर्सिङ पढ्नेको संख्या बढ्दै


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सिङ पेशालाई सेवा मुलक पेसाको रुपमा चिनिन्छ ।

अस्पतालमा पुगेका बिरामीको उपचारमा डाक्टर जस्तै नर्सको पनि भूमिका महत्वपूर्ण हुन्छ । अस्पतालमै भर्ना भएका बिरामीहरुको निगरानी गर्ने जिम्मा नर्सिङ स्टार्फको हुन्छ ।

नर्सिङमा मास्टर्स गरेकी नर्स सुरक्षा सुवेदी भने अस्पतालमा बिरामीको केयरमा खटिने गरेकी छैनन्। तैपनी उनको दैनिकी निकै व्यस्त छ ।

उनी अस्पतालमा बिरामीको सेवा गर्ने, विद्यालयमा बालबालिकाको स्वास्थ्यबारे सचेतना दिने नर्सलाई पढाउने गर्छिन् । नर्सिङ विद्यार्थीलाई पढाउन मात्र होइन, बालबालिकाको स्वास्थ्य र केयरका विषयमा सेचतना फैलाउन पनि उनी सक्रिय छिन् ।

नर्सिङ विद्यार्थीलाई पढाउने नर्सिङ शिक्षिका सुवेदी शिक्षण पेसामा खुसी छिन् ।

होस्टेलमा रमाएको बाल्यकाल

२०४६ सालमा रुपन्देहीमा जन्मिएकी सुरक्षाले कक्षा पाँच सम्म कपिलवस्तुको सोसियल इङ्गिस बोर्डिङ स्कुलमा पढिन् । राम्रो विद्यालयमा पढाउने भन्दै उनका बाबु आमाले सुरक्षालाई कक्षा ६ देखि बुटवलमा होस्टेलमा राखेर पढाए ।

सुवेदीले कक्षा ६ देखि १२ कक्षाससम्म होस्टलमै बसेर बुटवलको न्यु होराइजन इङ्गिल बोर्डिङ स्कुलमा पढिन् ।

‘म त कक्षा ६ देखि माथिको अध्ययन त सबै होस्टेलमै बसेर पढे, शुरु शुरुमा होस्टेल बस्न गाह्रो हुन्थ्यो, तर पछि साथीहरु बनाएपछि होस्टलमा पनि रमाइलो हुन्थ्यो,’ सुवेदीले भनिन् ।

डाक्टर बन्ने इच्छा तर नर्स पढिन्

सुवेदीका बाबु आमाको सपना छोरीलाई डाक्टर बनाउने थियो । सुवेदीले पनि सानैदेखि डाक्टर बन्ने सपना देखेकी थिइन् । तर समयले उनको सपना परिवर्तन गरायो । घर नजिकै नर्सिङ कलेज खुलेपछि सुवेदीले डाक्टरी सपना छाडेर नर्स बन्न सञ्जिवनी नर्सिङ कलेज, बुटवलमा भर्ना भइन् ।

‘सानै देखि ड्याडी ममिले डाक्टर बनाउने भन्नुहुन्थ्यो, मलाई पनि डाक्टर बन्छु भन्ने लागेको थियो, तर मैले प्लसटु सक्दा घर नजिकै नर्सिङ कलेज खुल्यो,’ सुवेदीले नर्सिङ अध्ययन शुरु गर्दाको क्षण स्मरण गरिन्, ‘नर्सिङ कलेज पनि ड्याडीको साथीको थियो, नर्सिङ राम्रो हुन्छ भनेर कन्भिन्स गर्नुभयो, घर नजिकै नर्सिङ कलेज खुलेपछि टाढा गएर डाक्टरी पढ्नुभन्दा घर नजिकै नर्सिङ पढ्ने भनेर नर्सिङ पढ्न थाले ।’

घर नजिक भएपनि सुवेदीले कलेजकै होस्टेलमा ४ वर्ष बसेर सन् २००९ मा विएससी नर्सिङ अध्ययन पुरा गरिन् ।

पढाई नर्सिङ, पेशा शिक्षण

नर्स भन्ने वित्तिकै धेरैले सेतो कोट लगाएर बिरामीलाई स्लाइन दिइरहेको । औषधि खुवाएको र बिरामीकै केयर गरिरहेको व्यक्ति सम्झन्छन् । तर सुवेदीले भने नर्सिङ अध्ययन पुरा गरेपछि अरुले कल्पना गर्नेभन्दा फरक क्षेत्रमा खटिइन ।

नर्सिङ अध्ययन पुरा गरेपछि विवाह गरेकी सुवेदीले नर्स बन्न चाहने विद्यार्थीहरुलाई पढाउने काम शुरु गरिन् । उनले काठमाडौं मोडल हस्पिटल र नर्भिक अस्पतालको नर्सिङ कलेजका विद्यार्थीलाई पढाउन शुरु गरिन् ।

दुईवर्षकी छोरी घरमै छाडेर चाइल्ड हेल्थमा मास्टर्स, कलेज टप

विएससी नर्सिङ अध्ययन पुरा गरेपछि नै सुवेदीले विवाह गरिन् । विवाह गरेपनि सुवेदीको सपना नर्सिङको विषयमा थप उच्च शिक्षा हासिल गर्ने थियो । उनको सपनालाई सुवेदीका पति विमल बरालले पनि साथ दिए ।

पतिकै साथ र प्रोत्साहले सुवेदीले २ वर्षकी सानी छोरीलाई माइतमै छाडेर नर्सिङको मास्टर्स गर्न भारत गइन् ।

सन् २०१३ मा भारतको एसियन इन्टिच्युट अफ नर्सिङ एजुकेशनमा चाइल्ड हेल्थ नर्सिङमा मास्टर्स अध्ययन गर्न गइन् ।

बालबालिकाको केयर र स्वास्थ्यबारे अध्ययन गरीरहेकी सुवेदीले अध्ययनको क्रममा आफ्नै छोरीलाई भने राम्रोसँग भेट्न समेत पाइनन् ।

‘मलाई पहिलादेखि नै चाइल्ड हेल्थमा रुची थियो, घरमा श्रीमानले पनि धेरै सपोट गर्नुभएरै मास्टर्स पढ्न इन्डिया गएको थिए । २ वर्षकी छोरीलाई छाडेर चाइल्ड हेल्थ पढ्न गएको थिए,’ सुवेदीले भनिन्, ‘दुईवर्षको नानीलाई दुईवर्ष सम्म छाडेर पढ्न जाँदा चाँही गाह्रो भयो, एकवर्षमा १० दिनमात्र नानी भेट्न पाउथे, दुईवर्षमा २० दिनमात्र नानीलाई भेट्न पाए, चाइल्ड हेल्थ पढेर आफ्नै बच्चा भेट्न नपाउँदा रुन मन लाग्थ्यो।’

राम्रोसँग छोरीलाई समेत भेट्न नपाइ अध्ययन गरेकी सुवेदीको पढाइ भने राम्रो थियो । उनले एसियन इन्टिच्युट अफ नर्सिङ एजुकेशनमा चाइल्ड हेल्थ नर्सिङको अध्ययनमा कक्षामा टप भइन् ।

भारतमा चाइल्ड हेल्थ नर्सिङमा मास्टर्स पुरा गरेपछि नेपाल फर्किएकी सुवेदीले ललितपुरको सातदोवाटोमा रहेको एसियन कलेज अफ एड्भान्स स्टडिजमा नर्सिङ शिक्षिकाको रुपमा कार्यरत छिन् ।

उनी सो नर्सिङ कलेजमा ४ वर्ष अघिदेखि विएससी नर्सिङ र विए नर्सिङका विद्यार्थीहरु पढाउँदै छिन् ।

उनले नर्सिङ अध्ययनरत विद्यार्थीहरुलाई नै लक्षित गरेर नर्सिङ र चाइल्ड हेल्थको विषयमा कोर्ष बुकहरु समेत प्रकाशन गरिसकेकी छन् । अध्ययपनसँगै सुवेदी बालबालिकाको स्वास्थ्य र केयर सम्बन्धि अनुसन्धान र लेखनमा पनि सक्रिय छिन् ।

नेपालको नर्सिङ पढाइ र प्राक्टिकल फरक छ

नेपालमा अहिले धेरै नर्सिङ कलेजहरु छन् । जहाँबाट धेरै नर्सिङ जनशक्ति उत्पादन हुन्छन् । नर्सिङ शिक्षा नै अध्ययपन गराइरहेकी सुवेदी नर्सिङ शिक्षाको सिद्धान्त र प्रयोग नमिल्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘नर्सिङ शिक्षाको थ्यौरी र प्राक्टिकल एकदमै फरक हुन्छ, हामीले विद्यार्थीहरुलाई जसरी पढाएका हुन्छौं, त्यसरी प्राक्टिकल्ली लागु गर्न सम्भवन नै हुँदैन । त्यो लागु भएकै हुँदैन ।’

अस्पतालमा नर्सको कुनै भ्यालु छैन

नर्सिङमा मास्टर्स पुरा गरेकी सुवेदी कलेजमा नर्सिङ विद्यार्थीलाई पढाउछिन् । तर उनलाई अस्पतालमा बिरामीको सेवा गर्ने चाहना छैन । अस्पतालमा नर्सिङ जनशक्तिको उचित सम्मान नहुने गरेकाले आफुले अस्पतालमा सेवा गर्न नचाहेको सुवेदी बताउँछिन् ।

‘नर्सिङमा मास्टर्स पिएचडी गरेपनि नेपालमा नर्सको कुनै भ्यालु छैन, मास्टर्स पढेका र स्टार्फ नर्सको मान्यता सबैमा एउटै छ,’ सुवेदीले भनिन्, ‘क्षमता, दक्षताको कुनै कदर हुँदैन, तलबमा पनि समस्या छ, अस्पतालमा सेवा गर्दा भन्दा नर्सिङ शिक्षिका हुँदा बढि भ्यालु र रेक्सपेट पाइन्छ, त्यसैले नर्सिङ शिक्षिका बने ।’

नेपालमा मास्टर्स अध्ययन पुरा गरेका नर्सहरु मेट्रोनको पद बाहेक अस्पतालमा बिरामीको सेवा गर्न नचाहने उनले बताइन् ।

‘नेपालमा नर्सलाई उनले मास्टर्स गरेको पिएचडी गरेको भनेर त्यहि अनुसारको पद नै छैन, मलाई पहिलादेखि नै टिचिङ मन पर्ने भएकाले मैले शिक्षण पेसा रोजे, सबैले अस्पतालमा मात्र काम गरेर नयाँ नर्स कस्ले उत्पादन गर्ने ?,’ सुवेदीले भनिन् ।

नर्सिङ पढ्ने आधा भन्दा बढी बिदेश जान्छन्

सरकारी अस्पतालका निर्देशकहरु नर्सिङ जनशक्तिको अभावलाई कारण मान्दै सेवा प्रवाहमा समस्या भएको बताउने गरेका छन् । एकतर्फ अस्पतालमा नर्स अभाव छन् । अर्को तर्फ हरेक वर्ष उत्पादन भइरहेका नर्सहरु वेरोजगार छन् । सरकारले नर्सिङ जनशक्तिलाई उचित सम्मान र सुविधा दिन नसक्दा नर्सिङ पढ्दादेखि नै विद्यार्थीको सोच ‘विदेश पलायन’ हुने गरेको सुवेदी बताउँछिन् ।

‘मैले पढाएका धेरै जस्तो विद्यार्थी विदेश गएका छन्, हामीलाई विद्यार्थीहरुले नर्सिङको स्कोप कस्तो छ भनेर सोध्छन्, कतिले बाहिर जान कै लागि नर्सिङ पढ्न आएको भन्छन्,’ सुवेदीले भनिन्, ‘विएससी नर्सिङ पढ्ने अघिकांश नर्स विदेश जान्छन् । सरकारले नर्सहरुलाई पनि भ्यालु दिनुपर्छ, उनीहरुले लगानी गरेर पढेअनुसार सेवा सुविधा दिने हो भने नर्सको रोजाई बिदेश हुँदैन ।’

पछिल्लो समय विदेश जानकै लागि नर्सिङ पढ्नेको संख्या पनि बढ्न थालेको छ । सहज रुपमा रोजगारी पाउने र काम गर्न पनि सहज हुने भएकाले नेपालमा नर्सिङ गर्ने विदेशमा काम गर्न जाने गर्दछन् ।

नर्सिङ जनशक्तिलाई अवसर छ उपलब्धि छैन

सरकारले सरकारी अस्पतालदेखि विद्यालयहरुमा समेत कम्युनिटि नर्सका लागि नयाँ नयाँ अवसरहरु सिर्जना गर्न थालेको छ । तर नेपालमा भएको अवसरको उपलब्धि भने शुल्य हुँदा नर्सिङ जनशक्ति नेपाल बस्न नरुचाउने गरेको सुवेदी बताउँछिन् ।

‘हामीले पढाएका विद्यार्थीलाई नेपालमा कम्युनिटि हेल्थ नर्स, विद्यालय नर्स कार्यक्रम सरकारले ल्याएको छ भनेर जानकारी त दिन्छौं,’ सुवेदीले भनिन्, ‘तर उनीहरुले जस्तो सोचेर नर्सिङ पढ्छन् त्यहि अनुसार उपलब्धि नेपालमा छैन, हामीले खुलेर नर्सिङ जनशक्तिलाई नेपालमै राम्रो अवसर छ भन्न सकेका छैनौं ।’

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ३० बजे

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ

स्वास्थ्य मन्त्रालयद्वारा अर्थसमक्ष २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं– आर्थिक वर्ष २०८-२८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन्

पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा– लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका