सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीले रि-ट्वीट गरेपछि बालुवाटारमा खैलाबैला « Khabarhub

सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीले रि-ट्वीट गरेपछि बालुवाटारमा खैलाबैला


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् । बिरामी अवस्थाबाट आफू ठीक भएको सन्देशसहित अन्य विभिन्न विषयमा राय राख्न सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् ।

बालुवाटरबाट सामाजिक सञ्जालमा आउने विषयवस्तुले धेरै चर्चा पाउने गरेका छन् । प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्वीटले सामाजिक सञ्जालमा ठूलो चर्चा पायो । यस्तै चर्चा र खैलाबैलाको अवस्था प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्वीट रिट्वीट भएपछि शुरु भएको छ ।

ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ सोनिया गान्धीको ट्वीट रिट्वीट भएको छ । यो विषय भारतीय विभिन्न मिडियामा समाचारको विषय बनेको छ भने सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepal को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।

सोनिया गान्धीले भारतको विवादास्पद नागरिकता विधेयकका बारेमा पार्टीको धारणासहितको भिडियो तयार पारेर ट्वीट गरेकी थिइन् । यो विषयमा नेपालको आधिकारिक धारणा सार्वजनिक नभएपनि प्रधानमन्त्रीले गरेको रिट्वीटलाई धेरैले चर्चा गरेका छन् ।

नागरिकता विधेयकको विषयलाई लिएर भारतमा अहिले आन्दोलन जारी छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारत भर विरोध प्रदर्शन तथा आन्दोलन जारी छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : ५४ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया