गोठमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ ।

घटनाको जानकारी पाएपछि आज बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत जलेर घाइते बनेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै