दिनहुँ चोरी हुँदै विद्युत् उपकरण « Khabarhub

दिनहुँ चोरी हुँदै विद्युत् उपकरण


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृहमा २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्‍याएपछि अहिले सो विद्युत् गृह बेवारिसे अवस्थामा रहेको छ ।

अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । बाढीपहिरोले विद्युत् गृहको पेनस्कटक पाइप तथा विद्युत् गृहमा केही क्षति पुर्‍याएपछि अहिलेसम्म यसको मर्मतका लागि ध्यान दिइएको छैन ।

विद्युत् गृहमा कर्मचारी नबस्दा सरसामान दिनहुँ चोरी हुन थालेको हो । शिखर नगरपालिका–१ खाती गाउँका खडकबहादुर खातीले विद्युत् गृहका राम्रा र महँगा सरसामान कवाडी हुँदैछन् भने कयौँ सामान चोरी हुन थालेको बताए ।

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बाढीपहिरोले क्षति पुर्‍याएको सो विद्युत् गृह मर्मत गरेर पुनःसञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ४८ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न