दिनहुँ चोरी हुँदै विद्युत् उपकरण « Khabarhub

दिनहुँ चोरी हुँदै विद्युत् उपकरण


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृहमा २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्‍याएपछि अहिले सो विद्युत् गृह बेवारिसे अवस्थामा रहेको छ ।

अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । बाढीपहिरोले विद्युत् गृहको पेनस्कटक पाइप तथा विद्युत् गृहमा केही क्षति पुर्‍याएपछि अहिलेसम्म यसको मर्मतका लागि ध्यान दिइएको छैन ।

विद्युत् गृहमा कर्मचारी नबस्दा सरसामान दिनहुँ चोरी हुन थालेको हो । शिखर नगरपालिका–१ खाती गाउँका खडकबहादुर खातीले विद्युत् गृहका राम्रा र महँगा सरसामान कवाडी हुँदैछन् भने कयौँ सामान चोरी हुन थालेको बताए ।

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बाढीपहिरोले क्षति पुर्‍याएको सो विद्युत् गृह मर्मत गरेर पुनःसञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ४८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा