हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास « Khabarhub

हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धार्मिकशास्त्र अनुसार जीवनमा आउने सारा कष्ट र संकट निवारणका लागी हनुमानको आरधना गर्नुपर्ने उल्लेख छ । जीवन कल्याण र दुखः नाश गर्न हनुमानको आरधनालाई महत्वपुर्ण मानिन्छ ।

शनिवार र मंगलवार मात्र एक कार्य गरेमा हनुमानको आशीर्वाद पाउने गरिन्छ । बजरंगबली हनुमानलाई सिन्दुर अति प्रिय छ ।

त्यसैले हनुमानलाई प्रसन्न गर्ने सबैभन्दा उत्तम उपाय हो, हनुमानलाई सिन्दूर चढाउनु । त्यसैले हनुमानलाई सिन्दूर अर्पण गरी सिन्दुरकै लेप लगाउनु अत्यन्त शुभ मानिन्छ ।

धार्मिक मान्यतामा सिन्दूरको महत्व

हिन्दू धर्ममा सिम्रिक रंगको सिन्दूरलाई अत्यधिक महत्वका साथ हेरिन्छ । सिन्दूरको प्रयोगले दाम्पत्य जीवनको शुरुवात गर्ने वा विवाहपछि पनि सौभाग्य बनाइ राख्ने विश्वास गरिन्छ।

महिलाले यसलाई सौभाग्य प्रतिकका रुपमा श्रृंगारमा प्रयोग गर्दछन् । साथै मंगल ग्रहसंग सिन्दुरको बिषय जोडिएको छ । त्यसैले सिन्दुरलाई मंगलकारी मानिन्छ ।

पौराणिक कथा अनुसार रामायणमा सीताले आफ्नो शिरमा सिन्दुर धारण गरेको देखेपछि हनुमानले सिन्दूर लगाउनुको कारणबारे सोधेका थिए ।

जहाँ जनक पुत्रि सिताले सिन्दुरको धारण गर्नाले प्रभु श्रीराम प्रसन्न हुने बताएकी थिइन् । त्यसपछि प्रभु श्रीराम भक्त हनुमानले आफ्नो पुरै शरीरमा सिन्दुरको लेप धारण गरेका थिए । मान्यता अनुसार सोहि बेलाबाट हनुमानलाई सिन्दुर अति प्रिय मानिन्छ ।

हनुमानलाई सिन्दूर चढाउने नियम

यदि तपाई लामो समयबाट कुनै तनाव वा समस्यामा हुनुहुन्छ भने हरेक शनिवार र मंगलवारको दिन नुहाएर हनुमानको स्मरण गर्दै सफा वस्त्र धारण गर्ने । त्यसपछि हनुमानको प्रतिमालाई गंगाजलले स्नान गराउने ।

त्यसपछि हनुमानको मुर्ति वा चित्रको सामु सिन्दूर अर्पण गर्ने । यसो गर्नाले मानिसका सारा दुखः, कष्ट तथा तनावहरु हटेर जाने धार्मिक मान्यता छ । हनुमानजीलाई प्रसन्न गराउन सिन्दुर अर्पण गर्नुका साथै सिन्दुर कै लेप लगाउने गर्नुपर्दछ ।

यदि मंगलले बाधा दिएको छ वा कुनै संकट बारम्बार आइरहेको छ भने चमेलीको तेल र सिन्दूर अर्पण गर्नुपर्दछ । पुरुषले हनुमानलाई सिन्दूर अर्पण गर्न सक्छन् तर मान्यता अनुसार महिलाले हनुमानलाई सिन्दूर अर्पण गर्नु हुदैन ।

यदि पटकपटक जागिरबाट हात धुनु परेको छ वा जागिरमा समस्या आइरहेको छ भने मंगलवारको दिन हनुमानको प्रतिमाको चरणमा सिन्दूर दान गर्नुपर्दछ ।

त्यसपछि सेतो कपडा वा कागजमा सोहि सिन्दुरलाई हनुमान प्रतिमाको सामु स्वस्तिकको चिन्ह बनाएर हनुमानको आरधना गर्नुपर्दछ । यसो गर्ने मानवको सबै समस्या हट्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ३१ बजे

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको