ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले ६०० एम्पुल लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पौष ४ गते(हिजो) उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका-८ बस्ने ३६ वर्षिया गौमती सुनार, सिदार्थनगर नगरपालिका-१ बेकहिया बस्ने २६ वर्षिया प्रकाश पुन , भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षिया महबुब आलम र सोहि स्थान बस्ने ३४ वर्षिया बालेश्रर प्रजापती रहेका छन् ।

लागुऔषध नियन्त्रण अभियानमा लागि परेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले अन्तत पोखरा -२७ हमालचोक स्थित ठूलो मात्रामा लागूऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटि गएको प्रहरी टोलिले निजहरुलाई जेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध,भारतिय रुपैया ११हजार ४० र नेपाली रुपैया ३ हजार २४५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजना उपर लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ४४ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका