ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले ६०० एम्पुल लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पौष ४ गते(हिजो) उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका-८ बस्ने ३६ वर्षिया गौमती सुनार, सिदार्थनगर नगरपालिका-१ बेकहिया बस्ने २६ वर्षिया प्रकाश पुन , भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षिया महबुब आलम र सोहि स्थान बस्ने ३४ वर्षिया बालेश्रर प्रजापती रहेका छन् ।

लागुऔषध नियन्त्रण अभियानमा लागि परेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले अन्तत पोखरा -२७ हमालचोक स्थित ठूलो मात्रामा लागूऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटि गएको प्रहरी टोलिले निजहरुलाई जेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध,भारतिय रुपैया ११हजार ४० र नेपाली रुपैया ३ हजार २४५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजना उपर लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ४४ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान