काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक « Khabarhub

काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छिन् ।

नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी हुन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । त्यस्तै निर्धारित दूरी ३ घण्टा ४७ मिनेट ४५ सेकेण्डमा पार गर्दै निर्जला ताम्राकार तेस्रो भइन् ।

पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन् । दोस्रो र तेस्रो स्थान पनि आर्मीकै खेलाडीले जितेका छन् । नरेन्द्रले निर्धारित दूरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने ।

आर्मीकै वेदबहादुर सुनारले निर्धारित दूरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ४३ बजे

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु