काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक « Khabarhub

काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छिन् ।

नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी हुन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । त्यस्तै निर्धारित दूरी ३ घण्टा ४७ मिनेट ४५ सेकेण्डमा पार गर्दै निर्जला ताम्राकार तेस्रो भइन् ।

पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन् । दोस्रो र तेस्रो स्थान पनि आर्मीकै खेलाडीले जितेका छन् । नरेन्द्रले निर्धारित दूरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने ।

आर्मीकै वेदबहादुर सुनारले निर्धारित दूरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ४३ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने